कोरोना भाईरस ९कोभिड १९० विश्व स्वस्थ्य संगठनका अनुसार विश्वमा नै  महामारीको रुप लिएको विषय अवगत भएकै कुरा हो । यसको प्रकोप विश्वका सबै जसों देशहरुमा दिन प्रतिदिन बढदै गइरहेको छ। नेपालमा सीमित संख्यामा मात्र यसका संक्रमित भेटिएका छन् तर कुनै पनि बेला यसले भयावह रुप लिन सक्छ । सरकारले कोरोना भाईरसको संक्रमणा फैलने संभावनालाई रोक्न मुलुक भर घर बाहिर ननिस्कन अनुरोध ९लकडाउन० गरिसकेको छ । यस अवस्थामा सबैलाई सुरक्षित र संयम रहन र विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले सिफारिस गरेका रोकथामका उपायहरुलाई साथ अवलम्बन गर्न  शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति रुपन्देही आहवान गर्दछ

 हाल सरकारले गरेको लकडाउन कार्यको स्वागत गर्दै नागरिकहरुलाई पालना गर्नका लागि आह्वान गर्दछं । 

हाल धेरै बालबालिकाहरु घरमै रहेका छन् ।यतिबेला डर, त्रास,भय  हुने खालका बोली र व्यवहारबाट बालबालिकाहरुमा नकारात्मक मनोसामाजिक समस्या पर्ने भएकाले यसमा संयमता अपनाई बालबालिकाहरुको आत्मबल बढाउने खालका व्यवहार गर्नका लागि सवै अभिभावकहरुलाई अनुरोध गर्दछ ।

 धेरै बालबालिकाहरु घरमा रहँदा बालबालिकाहरुलाई घरका काममासँगै  सहभागी बनाई बालबालिकाहरुसँग बढि भन्दा बढि अन्र्तक्रिया गरी बालबालिकाहरुसँग परामर्श गर्नका लागि आहवान गर्दछ ।

 प्रारम्भिक उमेरका बालबालिकाहरुका लागि पोषणयुक्त खाना र खाजाको जोहो गर्नका लागि र घर भित्रका खेल्न मिल्ने खेल खेलाई बालबालिकाहरुलाई चौतर्फी विकासमा सहयोग गर्नका लागि सबै अभिभावकहरुलाई अपिल गर्दछ ।

 सरकारले विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्य उपलब्ध गराउने प्रक्रियाको स्वागत गर्दे मानव जीवनको आधार प्रारम्भिक बालविकास भएका कारण ंअति नै संवेदनशील  अवस्था भएकाले अति विपन्न परिवार भित्र पनि बालबालिकाहरुका लागि पोषणयुक्त खाना र खाजाको व्यवस्था गर्नका लागि अभिभावक र संबन्धित पक्षको ध्यान आकृष्ट गर्दछ ।

 बालबालिकाहरुलाई बालमैत्री व्यवहार गरी मनोबल उच्च राख्ने विषयलाई प्राथमिकता दिने विषयमा ध्यान आकिृष्ट गर्न ध्यान पर्दछ ।

 गर्भवती, सुत्केरी महिलाहरुका लागि परिवारबाट सकारात्मक व्यवहार र पोषणयुक्त खानाको व्यवस्था मिलाउनका लागि आहवान  गर्दछ 

जोखिममा रहेका बालबालिकाहरु,श्रम गर्ने बालबालिकाहरुलाई रोजगारदाताले स–सम्मान सुरक्षित वातावरण मिलाउनका लागि  र घरमै अध्यननको वातावरण मिलाउनका लागि माग गर्दछ ।

 थोरै सावधानीले जोखिमबाट बच्न सकिने भएकाले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारका आदेशलाई पालना गरी सुरक्षित जीवनका लागि आहवान गर्दछ ।

 भाडामा बस्ने नागरिक र परिवारलाई समेत प्राथमिकता दिई अति विपन्नलाई सूचीकृत गरी अन्य पालिकाका वा अन्य देशका नागरिक भए पनि विना विभेद समान व्यवहार गरी अति विपन्न वर्गका लागि सरकारले तोकेको सुविधा उपलब्ध गराई मानव जीवनको रक्षा गर्न अपिल गर्दछ ।
सुचना सम्पर्कमा रहेका हरेक नागरिक समाजहरु सूचना मार्फत आफ्ना समूहहरुलाई सुरक्षित रही त्यसमा पनि जेष्ठ नागरिक,बालबालिका, सुत्केरी महिला, गर्भवती महिलाहरुका सुरक्षित रहनका लागि परामर्श गर्न अपिल गर्दछ ।
विद्यालय उमेरका सबै बालबालिका घरमै भएकाले शिक्षा विभाग अन्तर्गत अनलाइनबाट अध्यापन गराउने तयारी रहेकोमा स्वागत गर्दै यसलाई सबै पक्षबाट सहयोग गर्नका लागि शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल अपिल गर्दछ
।हालको यस विषम परिस्थितिमा सरकारले चालेका सकारात्मक कदमहरुलाई व्यवहारमा उतार्नका लागि एकद्वार प्रणालीलाई व्यवस्थित गदै सूचनाको पहुँचमा  नभएका आफ्ना समूह  भित्रका  वा सुचनामा आएका अति विपन्न नागरिकहरुलाई सरकारको सेवाको पहुँचमा   पुर्याउनको लागि नागरिक समाजलाई अपिल गर्दछौं ।५  बर्ष सम्मका बालबालिकाहरुलाई धेरै  भन्दा धेरै सरुवा रोगले आक्रमण गर्ने भएकाले परिवारलाई पोषण,स्वास्थ्य,सरसफाईमा ध्यान दिन र बालबालिकाहरु विरामी भएमा उपचारको व्यवस्था गर्नका लागि स्वस्थ्य संस्थाहरुलाई अपिल गर्दछ । 
यतिबेला सबै नागरिक समाजहरु लकडाउनलाई पालना गर्न अति आवश्यक छ हामी लगायत राज्यका नागरिकलाई सुरक्षित रहनका लागि सरकारलाई सहयोग गर्नका लागि घरैमा बसी सूचनाको प्रविधि अपनाई सबैलाई सहयोग गर्न अपिल गर्दछ ।
सार्बजनिक हितका लागि       शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, जिल्ला समन्वय समिति रुपन्देही  र रेडियो मुक्ति बुटवल  संयुक्त अभियान