विद्यार्थी र विद्यालयलाई निर्वाचन

Written by NCE Nepal

November 27, 2017

निर्वाचनका गतिविधिहरुमा स्कुले बालबालिकाको प्रयोग भएको तथा विद्यालयहरुमा दलका भेला एवम् आमसभा भैरहेका समाचार बाहिर आइरहेको समयमा पर्वत जिल्लामा क्रियाशील नागरिक समाजका संगठनहरुले विद्यार्थी र विद्यालयलाई निर्वाचनका क्रममा दुरुपयोग नर्गन नगराउन सरोकारवालासमक्ष ध्यानाकर्षण गरेका छन् । आसन्न संघीय तथा प्रान्तिय निर्वाचनमा विद्यालय शान्ति क्षेत्रको भावनालाई पालना गर्न र गराउनका निमित्त शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) जिल्ला समन्वय समिति पर्वतको अगुवाईमा शिक्षा, मानवअधिकार र बालबालिकाको क्षेत्रमा कार्यरत विभिन्न नागरिक समाजका संघसंस्थाहरुले मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी र जिल्ला निर्वाचन अधिकारीको ध्यानाकर्षण गराउँदै नागरिक अपील बुझाएका हुन् । नागरिक समाजको अपील, मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश ध्रुवप्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेल र जिल्ला निर्वाचन अधिकारी लक्षु शर्मालाई भिन्दाभिन्दै बुझाइएको हो । नागरिक समाजको अपील बुझ्दै सम्बन्धित अधिकारीहरुले विद्यार्थी र बालबालिकाहरुलाई निर्वाचन लगायत कुनै पनि राजनीतिक गतिविधिहरुमा प्रयोग नगर्ने र नगराउने कुरामा आफ्नो तर्फबाट पहल कदमी लिने कुरामा प्रतिवद्धता जनाए । उनिहरुले शिक्षकहरु कुनै राजनीतिक दलको कार्यक्रममा भाग लिनु शिक्षा ऐन र नियमावली विपरित हुने समेत कुरा बताए । उक्त अपील शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल), जिल्ला समन्वय समिति पर्वत, नागरिक समाज सञ्जाल, गैसस महासंघ जिल्ला शाखा, नेपाल पत्रकारमहासंघ जिल्ला शाखा, सीड नेपाल, निबृत्त शिक्षक समाज, सोर्डेक नेपाल, इन्प्रेड नेपाल, एनडीडीओ, आरम्भ नेपाल, नेपाल अपांग उत्थान समाज, रेडियो कुशुम, सिजप पर्वत, इन्सेक पर्वत लगायतका संस्थाहरुले संयूक्त रुपमा बुझाएका थिए । विगतका निर्वाचनहरुमा पनि दलहरुले निर्वाचनका गतिविधिहरुमा बालबालिका र स्कुले विद्यार्थीहरुलाई प्रयोग गर्दै आइरहेकाले अबका निर्वाचनमा त्यसो नगर्न उहाँहरुलाई बाध्य पार्न र दलहरुले नै बनाएको निर्वाचन आचारसंहिताको पूर्णरुपमा पालना गर्न ध्यानाकर्षण गर्ने उद्देश्यले नागरिक समाज संगठनहरुको तर्फबाट अपील बुझाइएको शिक्षाका लागि राष्ट्रिय अभियानका बोर्ड सदस्य राजेन्द्र पहाडीले जानकारी दिए ।

बिहिबार, कार्तिक ३०, २०७४ मा प्रकाशित

You May Also Like…

प्रविधिमा आधारित शिक्षा

प्रविधिमा आधारित शिक्षा

शैक्षिक संस्थाहरुको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले तीनै तहका सरकारलाई शिक्षकको पेशागत विकासमा...

0 Comments

Submit a Comment

Your email address will not be published. Required fields are marked *